एजेन्सी := दक्षिण एसियालि राष्ट्रहरुको फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) फुटबलको १३ औँ संस्करणको उपाधि यस् पटक पनि भारतलेनै जितेको छ । माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा शनिबार राति भएको खेलमा नेपाल भारतसँग ३-० गाेल अन्तरले हारेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि नेपाल सम्हालिन नसक्दा भारतले २ मिनेटमै २ गोल गर्न सफल भयो । कप्तान सुनिलले ४९औँ मिनेटमा गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको अन्तिम एक मिनेटमा साहल अब्दुल समादले तेस्रो गोल गर्दै नेपाल विरुद्ध ३ गोलको फराकिलो जित सुरक्षित गरे।
यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो । तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुकेको हो।साफको उपाधी जित्ने नेपालको सपना अधुरै रहयो।
योसँगै भारतले आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाम सुरुवात भएकाे साफमा भारत यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१६ मा च्याम्पियन भएको थियो।




















