क्वालालम्पुर ( मलेसिया ):= साबिक देउमाई नगरपालिका वडा नम्बर-५ ईलामका देब कुमार खड्का मलेशियामै हराएका,बेपत्ता भएका छन।
करिब १२ बर्ष अघि रोजगारीका लागि मलेशिया नेओ जाइन्ट एम एसडिएन.बिएचडी नामक कम्पनीमा मलेशिया आएका उनले २०७४ सालको अन्तिम तिर फोन गरेर म अवैधानिक हैसियतमा काम गर्दै छु, भनेर फोन गरेको उनका भान्जाले बताए।
त्यसयता उनी सम्पर्कमा छैनन। घर खर्च कमाउन मलेसिया गएका खड्का एकाएक सम्पर्क बिहिन भएपछि परिवार बिचल्लीमा परेका छन। ३ बर्ष अघि देखि बेपत्ता बनेका खड्काकि आमा छोराकै बाटो कुरेर बसेकी छिन। उनका आफन्त नातागोता इष्ट मित्र सबै सङ सम्पर्क बिहिन बनेर बस्नु पर्ने त्यसो केही कारण नभएको पारिवारिक श्रोत बताउछन।

यसरी खड्का लापत्ता भएपछि अहिले उनको श्रीमती र बच्चा माइतमै उनको प्रतिक्षा गरेर बसेका छन। पछिल्लो समय यसरी मलेसियामा कयौ नेपालिहरु सम्पर्क बिहिन बन्नेहरुको सङ्ख्या अधिक हुँदै गएको छ।देब कुमार खड्का पनि बेपत्ता भएको ३६ महिना बितिसकेको छ। फर्केर आउँछ भन्ने आशा परिवारमा अझै मरेको छैन।
उनका परिवार भन्छन,मलेशियामा रहेका नेपालि संघ सस्था, नेपाली समुदाय लगायत नेपाली राजदुतावासले उनको अवस्था पत्ता लगाई दिन अनुरोध गरेका छन। सम्पर्क नम्बर :- ९८१४९८८४४८




















