आगामी चुनावमा प्रभु साहलाई बारा- १ बाट चुनाव लडन सिम्रौंनगढ़वासीको माग।

[ अभय दुबे ]

बारा := बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रानीवास बजारमा आइ टि आर्मीहरुको आयोजनामा नेपाली हिन्दु धर्मावलम्बीहरुको महानचाड बड़ा दसैं ,शुभ दिपावली तथा छठ पर्वको उपलक्षमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रम आई. टी. आर्मी ईकाई सिम्रौनगढको आयोजनामा सम्पन्न भएको थियो । सो कार्यक्रमको अध्यक्षता आई टी आर्मी सिम्ररौनग्ढ अध्यक्ष उमेश गुप्ताले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि प्रभु साह यसै गरी बिशिस्ट अतिथि प्रदेस सभा सद्स्य कुन्दन कुशवाहा , आई टी आर्मी केन्द्रिय अध्यक्ष चन्द्र भूषण साह ,युवा नेता राजन यादव, मेयर शियाराम कुशवाहा, अतिथी दलित नेता चन्देशवर बैठा, मौलापुर उप मेयर गौरी शकर जयसवाल, अतिथि युवा नेता शनी गुप्ता लगाएत समाजका विभिन्न अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहिद परिवार लाई दोसला ओढाई समानित गरिएको कार्यक्रमको संचालक प्रदेस सभा प्रत्यासी उमेश कुशवाहाले बताए।

सो कार्यक्रमको प्रमुख अतिथि पुर्ब मन्त्री एव प्रभु साह ले बताउनु भयो कि हाल नयाँ प्राविधिकले भरिएको युग भएको हुनाले समाजलाई नयाँ प्रविधि अनुसार जोडदै देश विकासमा लाग्न अत्यन्तै आवश्यक भएको छ । प्रसिद्द एतिहासिक, पर्यटकीय एवम् धार्मिक स्थल सिम्रौनगढ जसलाई अचेल गम्भिर समिक्षाको खाचो छ । पर्यटन क्षेत्र सम्बन्धि सबै पुर्बाधर पुरा भए तापनि पर्यटन बिकास नहुनु यहाको जिम्मेवार पक्ष निष्क्रिय भएको बुझिन्छ । जसले पन्चायती कालमा शासन गरे आज प्रजातान्त्रिक कालमा पनि उही मन्डलेहरु हुन । यहाँ त ईतिहासले प्रमाणीत गरेको कुरामा बैईमानी भएको बताउनुभयो। एतिहासिक  ठाउँबारे विभिन्न कुराहरूलाई जोड्दै साहले सिम्रौनगढको इतिहासलाई स्मरण गराई सो ठाउँको बारेमा चर्चा गरेको थियो । सो ठाउँमा क्षेत्र नं १ बाट प्रभु साहले नई यसपालिको उमेद्वारी गरोस् भने स्थानिय जनताहरूले सोही कार्यक्रममा माग गरेका थिए।

सो कार्यक्रम मा स्थानीय क्रान्तिकारी युवा नेता शनि गुप्ता ले बताउनु भयो सिम्रैनगढको भुमीमा धेरै नेता जन्मे तर सबै आफ्नो जिम्मेवार बिर्से सिम्रौनगढ लाई बेचेर खायो । अब सिम्रौनगढ को जनता प्रभु शाह को आसमा बसेको छ। सिम्रौनगढमा किसान मर्माहित छ , यस् ठाउँमा नापी शाखा र मालपोत शाखाको आवस्यकता छ , किसानमाथी भारत – नेपालको बोर्डरमा दमन र सोसन भैईरहेको छ। सिम्रौनगढ ऎतिहासिक एव पुरातत्बिक ठाँउ भए पनि अहिले बिकास हुनसकेको छैन यो सबै कुरा पहल गरिदिनु हुन प्रभु साह समक्ष गुप्ता ले अनुरोध गर्नुभयो।