मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा गरेको छ ।

साथै खाना तथा दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल बाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय पनि गरेको छ । सोमबार साँझ देशबासीलाई सम्बोधन गर्दै मलेसियाका प्रधानमन्त्री मुहयिद्दिन यासिनले मार्च १८ देखि ३१ तारिखसम्म आफ्ना नागरिकलाई विदेश जान रो-क लगाएको र अत्यावश्यक बाहेक आवतजावतमा बन्देज लगाउने घोषणा गरेका छ्न ।

कोरोनाको सं-क्रमणबाट नागरिकलाई जोगाउने यो मात्र उपाय भएको उनले बताए । सरकारले मानिसहरुको भी-डभाड हुने धार्मिक, खेल, सांस्कृतिक लगायतका कुनै पनि गतिविधि गर्न रो-क लगाएको छ । साथै दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल, सुपरमार्केट बाहेक अरु सबै व्यापार व्यवसाय पनिबन्द गर्न भनिएको छ ।

प्रधानमन्त्रीको यस भाषणसँगै मलेसियामा १४ दिनसम्मको लागी खानेकुरा जोहो गर्नको लागि खाद्यान्न पसल, सुपरमार्केटहरुमा ग्राहकहरुको भिड सुरु भईसकेको छ । कतिपय सुपरमार्केटहरु सामान सकिएर रित्तिन थालेका छन् ।
शुक्रबारको प्रार्थनासहित सबै धार्मिक कार्यक्रम पनि हाललाई निलम्बन गरिएको छ । हालै मात्र विदेशबाट फर्किका नागरिक तथा पर्यटकहरु पनि चेकजाँचमा जानुपर्ने र १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रधानमन्त्री यासिनले बताएका छन् । सबै स्कुल तथा शैक्षिक संस्था पनि बन्द हुनेछन् ।

पानी, विजुली, उर्जा, सुरक्षा स्वास्थ्य लगायतका अत्यावश्यक सेवा प्रदायक बाहेक सबै सरकारी निजी कार्यालय पनि बन्द हुनेछन् । मलेसियामा कोरोना सं-क्रमितको संख्या ५६६ पुगेको छ । सोमबार मात्र १३८ नयाँ सं-क्रमित भेटिएका थिए । प्रधानमन्त्री यासिनले मानिस हरु लाई आतंकित नहुन र धैर्य गर्न आग्रह गरेका छन् ।