श्रीदेवीको अभिनय रहेको सालीभाटु-३ गीतको भिडियो युट्युबमा सार्वजनिक (भिडियो सहित)

[ आरएन चौधरी थारु ]


कैलाली := गायिका तथा मोडल श्रीदेवी चौधरी र प्रिन्सले अभिनय गरेको सालीभाटु-३ थारु गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

राप्ती फिल्मस् प्रोडक्सनको युट्युब च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोको गीतमा गायक / गायिका अभिमन्यु र समिक्षा चौधरीको सुमधुर स्वर रहेको छ। सुशील दहितको शब्द , संगीत ब्यवस्थापन सि.एल चौधरी,कुमार रानाको रहेको छ, भने भिडियोको निर्देशन एच.सि संगमले गरेका हुन भने, छायांकन,सम्पादन दुल ब्रेभले गरेको जनाएको छ।

यो भन्दा पहिलापनि सुशील दहितकै लेखन शब्दमा रहेको सालीभाटु-१ सार्वजनिक भैईसकेको छ। भाग-१ मा मोडलद्धय बिवश चौधरी र श्रीदेवीकै अभिनय रहेको थियो , र सो भिडियो सुपरहिट पनि साबित भएको थियो।

गीत लेखक सुशील दहितले जानकारी गराए अनुसार सालीभाटु-२ केहि प्राविधिक कारणबस सार्वजनिक हुन सकेको छैन। तर यस् पश्चात् चाडैंनै माघी पर्वसम्ममा सालीभाटुको भाग-४ पनि सार्वजनिक गर्ने तयारी रहेको बताए।

[ तस्बिरमा गीत लेखक : सुशील दहित ]

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :