हेल्प मधेशी नेपालको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा संजय रान यादव।

जनकपुरधाम := हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। २०८३ कात्तिक १४ गते शनिबार जनकपुरधामस्थित सीता चोकको रघुपति पार्टी प्यालेसमा सम्पन्न महाधिवेशनबाट संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो।

महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा संजय रान यादव निर्वाचित भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा रामप्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूलकुमारी यादव चयन भएका छन्। यसैगरी केन्द्रीय महासचिवमा राजेन्द्र कुमार यादव, सचिवमा श्रवण कुमार महरा र कोषाध्यक्षमा मोहम्मद समीर शेख निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको केन्द्रीय सदस्यमा बसनेत राय, मुकेश यादव, दिपेन्द्र कुमार महतो, कृष्ण कुमार साह, कृष्ण कुमार यादव, दिलीप कुमार महतो र गनेन्द्र कुमार मुखिया चयन भएका छन्। त्यस्तै केन्द्रीय सल्लाहकारमा दीपक कुमार गुप्ता र उदय नारायण मण्डल चयन भएका छन् भने संस्थाको प्रवक्ताको जिम्मेवारी देव नारायण महतोलाई दिइएको छ।

यसैगरी केन्द्रीय संरक्षकमा राम उदगार यादव, शिव नारायण यादव, कृष्ण देव यादव र शिव कुमार महतो रहेका छन्।संस्थाको केन्द्रीय कार्यालय जनकपुरधाम रहेको हेल्प मधेशी नेपालले स्थापनाकालदेखि नै सामाजिक सेवा, मानवीय सहयोग तथा मधेशी समुदायको हित र अधिकारका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले संस्थाको उद्देश्य, सामाजिक उत्तरदायित्व र मानवीय सेवाका अभियानलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा संगठनलाई अझ सशक्त र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।