सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा परेसँगै बालुवाटारको छलफल स्थगित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेसँगै बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफल नहुने भएको छ ।

बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच छलफल गर्ने तयारी थियो ।

सभापति देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको छ । 

देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको जानकारी दिनु भएको छ । उहाँका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ । उहाँ होम आइसोलेशनमा हुनुहुन्छ ।