कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं। कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली कांग्रेसले जनाएको छ ।

महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि बुधबार ओम अस्पतालमा भर्ना हुनुभएको छ  । नेपाली कांग्रेसले विज्ञप्ति निकालेर अस्पतालका डाक्टरलाई उद्धृत गर्दै कोइरालाको स्वास्थ्यम सुधार हुँदै गएको जनाएको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको छ । ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहनु भएका डा। विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ र रेमडिसिभर औषधिको प्रयोगले उहँको स्वास्थलाई सहज बनाइरहेको छ ।’

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर फर्कन नेपाली कांग्रेस पार्टी परिवारका तर्फबाट हामी हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।’