चर्चित गायिका पुर्णकला बिसी र गायक दिनेश बिसीको “पिङ खेल्ने बेलैमा” युट्युबमा सार्वजनिक।

काठमाडौं := नेपाली हिन्दु धर्मावलम्बीहरुको महानचाँड बडा दशैँ नजिकिदै आईरहेको छ । दशैँ नजिकिन लाग्दैगर्दा लोकदोहोरी गायिका पूर्णकला बीसी र गायक दिनेश बीसीको आवाजमा रहेको नयाँ दशैँ गीत “पिङ खेल्ने बेलैमा” युट्युब च्यानल ( D.B.C. MEDIA )मार्फत सार्वजनिक भएको छ।

दशैंको उपलक्ष्यमा बाल्यकालको सम्झना एवं गाउँघरको यथार्थ स्थितीलाई समेट्ने प्रयास यस् गीतको भिडियोमा गरिएको छ।
दामोदर खरेल र दिनेश बीसीको शब्द रहेको यस् गीतमा बैकुण्ठ महतले संगित भरेका हुन् । दीपक गिरीको छायांकन रहेको म्युजिक भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका हुन।

भिडियो भित्र बिनोद सुन्दास र आशा खड्काको मनमोहक अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन अमृत चपागाँइले गरेका हुन्।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :