कतारबाट दुईवटा हवाई उडानमार्फत २९७ जना नेपालीहरु स्वदेश फर्किए।

दोहा ( कतार ):= कोरोना भाइरस ( कोभिड-19 ) लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत २९७ जना नेपाली स्वदेश फर्किएका छन्।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडान तथा हिमालय एयरलाइन्सको ९५६३२ गरि दुई वटा उडानमार्फत २९७ जना नेपालीहरू जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले बताएका छ्न। दूवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि सचीव भट्टराईले, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ।

कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढीरहेको दूतावासले जनाएको छ।