जाई कहिले लाग्दैन,आए बाकी राख्दैन भन्दै ईन्डियामाथी गर्जिए कलाकारहरु(भिडियो सहित)

मलाया खवर सहकर्मी ,,

माेरङ:= नेपाल सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरे संगै चलचित्रकर्मी महासंघ प्रदेश न.१ का निर्देशक तथा कलाकारहरुले सांकेतिक रुपमा सिमा विवाद सम्बन्धी आफ्नो प्रतिक्रिया स्वरूप ” प्राण जाय छोडिन्न , एक इन्च देशको ” नामक राष्ट्रीय गीत सार्वजानिक गरिएकाे छ ।

टेक तामाङ को शब्दमा सुमित खडका र प्रवलदिप बिश्वासको स्वर रहेको गितमा भुपेन्द्र रायमाझीको संगित रहेको छ।
उक्त गीतमा नेपालको नयाँ नक्सा सार्वजनिक भएपछी नेपाल र ईन्डिया बिच उत्पन्न भएको सिम्मा विवादबारे चर्चापरिचर्चा गर्नुको साथै राष्ट्रको लागि आफुहरु ज्यानको बाजि राखेर पनि अघि बढन सक्ने तर हामी शान्ती चाहन्छौ भन्दै संदेश दिन खोजिएकाे छ।लकडाउनको समयमा आ-आफ्नो ठाउमा नै बसेर छाँयाकन गरिएकाे उक्त गित अनलाईन मार्फत निर्देशन गरिएकाे निर्माण पक्षले जानकारी गराएकाछ्न।

सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछी सबै तिरबाट विभिन्न खाले प्रतिक्रियाहरु आई रहेको छ । भरतमा रहेकी नेपाली अभिनेत्री मनिषा कोईरालाको ट्विट पछि उनी माथी खनिएका भारतिय मिडियाको बिरोध र आफ्नो मातृभुमीको पक्षमा नेपाली कलाकारहरु पनि कडा रुपमा प्रस्तुत हुँदै आई रहेको छन् ।

गायक प्रवलदिप विस्वासकाे सम्पादन रहेको गितमा प्रदेश १ का कलाकार, खेलाडी , साहित्यकार, श्रस्टाहरूलाई सहभागी गराएर गित निर्माण गरिएको छ ।
यसमा सहभागी कलाकारहरुमा प्रेम सुब्बा, धिरेन्द्र प्रेमर्शी , विक्रम श्री , रबिन्द्र झा, सुबाश थापा, सिताराम पोखरेल, सुरेन्द्र तामांग, कृष्ण सिवाकोटि, प्रदिप दहल, भाईसन वर्देवा, दिनेश कोईराल, डा. बिनोद श्रेष्ठ , विजय सुब्बा, हिमाल दहाल, नविन मेन्याङ्वो, रमेश कटुवाल, अशेष तिमल्सिना , बिष्णु राजबंशि , अंकित राजबँशि , अंगद राजबन्शी,श्रीराम माझि, लव कुमार राजबंशि, जय नारायण राजबंशि लाई देख्न पाईने छ । छयांकन मा किशन राजवन्शी ( बिराटनगर),जगदिश कार्कि ( ईटहरि ), विजय सुब्बा / राजिव दहाल ( धरान ), सागर नेपाल ( बेलायत )डिजाईन – अरविन्द राजबंशि ( स्पार्क एड्भटाइजिङ ) लगायतको रहेको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेरेर सेयर गरौं :