बिदेशबाट ल्याइने २५ हजार नेपालीमा कस्तो मानिस आउन पाउछ?के के छ्न १३ कार्यसुची?

मलाया खबर सहकर्मी ,,

काठमाडौं := अन्ततः नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा जस्तैः साउदी , युएई , कतार , बहराइन , कुवेत , मलेसिया लगायत अन्य अन्तर्राष्ट्रिय मुलुकहरुमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हाे । बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गर्दै साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले बताए।

नेपाल फर्किनेहरुकाे काेराेना परिक्षण गरिने र नेगेटिभ रिपोर्ट आएपछि भने स्थानीयतहको रोहवरमा गाउँ फर्कन पाउनेछन् ।
विदेशमा राेकिएका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३५ सयसम्मको संख्यामा नेपालीलाई स्वदेश ल्याउन सकिने समितिले आंकलन गरेकाे छ ।

नेपाल आउन चाहनेहरुले सम्बन्धित देशमै अवस्थित नेपाली दूतावासमा आफ्नो बिवरण उपलब्ध गराउनुपर्नेछ्न।
साथै फर्किनेहरुले जहाजको भाडा , होटेल भाडा लगायतका खर्च भने आफैं ब्यहोरेर तिर्नुपर्ने छ्न। नेपाल आईसकेपछि उनीहरुलाई होटलमा राखिने र हाेटलहरूको मेनु र शुल्क होटल सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्। यधपी केहि सार्है समस्यामा रहेका नेपालीहरुलाई भने दुतावासको सहयोग र समन्वयमा उद्धार गरिने बताइएको छ।

कस्ता मानिसहरु स्वदेश फर्किन पाउँछन् त ? हेर्नुस् सरकारले तयार पारेका १३ सूचीसहितको कार्ययोजना :

— घर फिर्ती केन्द्र (detention camp) मा रहेका र हाल नेपाल आउँन अनुमती पाएका ब्यक्तीहरु

–सम्बन्धीत मुलुकमा विविध कारणले जेल सजाय तोकेर आममाफी अर्थात छुटकारा पाएका ब्यक्तीहरु

–कोभिड बाहेक अन्य कारणबाट गम्भिर स्वास्थ्य अवस्था भएका र अस्पतालमा भर्ना रहेका ब्यक्तीहरु

— जुनसुकै कारणले बर्हिगमन भिसामा रहेका ब्यक्तीहरु

–रोजगारदाता कम्पनीसंगको श्रम /करार अवधि समाप्त भएका र रोजगारी गुमाएर घर फर्किन पर्खाइमा बसेका ब्यक्तीहरु

— बिदेशमै सुत्केरी तथा गर्भवती भएका महिलाहरु , बालबालीका, ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तीहरु

–सरकारी सेवामा रही अध्ययन वा तालिमको सिलसिलामा विदेश गएका र नेपाल आउन नपाएका ब्यक्तीहरु

– कुनै आफन्तको मृत्यु भई काज किरिया,अन्त्यष्टिमा नेपाल आउनैपर्ने ब्यक्तीहरु

— कम्पनीबाट रोजगारीसहित अनीवार्य बिदामा रहेका ब्यक्तीहरु

–अन्तराष्टिय संघसंस्थामा कार्यरत भएर नेपालमा आउन नसकेका ब्यक्तीहरु

–अध्ययन समाप्त भएका विद्यार्थीहरु, कोभिडको कारणले कलेज बन्द भई नेपाल आउनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरु

–पर्यटक भिसामा वा ब्यापारिक भिसामा विदेश गएर समस्यामा रहेका ब्यक्तीहरु

–पारिवारिक पुर्नमिलनको लागि गएका र फर्कनु पर्ने ब्यक्तीहरु

सरकारले नेपालीलाई फर्काउनु अघि सम्बन्धित देशमै कोरोना परिक्षण गराउनुपर्ने अनि मात्रै फर्किन पाउने ब्यवस्था गरिरहेको छ। त्यसको लागी सम्बन्धित मुलुकको सरकारसंग समन्वय सहकार्य र छ्लफल चलिरहेको बताएकाछ्न।
साथै सम्बन्धित निकायले जानकारी गराए अनुसार बिदेशमा रोजगारीको क्रममा कोरोना लगायत अन्य विभिन्न कारणले मृत्यु भएका र सम्बन्धित देशमा अन्त्यष्टि नगरिएका अस्पतालमा राखिएका मृतकहरुको शव समेत सोही अवसरमा नेपाल फर्काउन सकिने र सम्बन्धित मृतकको परिवारलाई जिम्मा लगाउन सकिने जनाएका छ्न, तर यस् बारे पनि आधिकारिक निनिर्णय हुन बाकी रहेको बताएकाछ्न ।

पछिल्लो समय मलेसियामा मात्रै सुत्यासुत्यै अवस्थामा हृदयघात भएर , स्वास्थ्य अवस्था बिग्रेर , सडक दुर्घटना , गाडी दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या ५२ जना पुगेको छ्न।