मलेसियामा साइबर आक्रमण र विदेशी जासुसीको जोखिम बढेको प्रधानमन्त्री अनवरको चेतावनी।

KUALA LUMPUR, 6 Nov -- Perdana Menteri Datuk Seri Anwar Ibrahim bercakap kepada pemberita selepas menunaikan solat Jumaat di Masjid Taman Kosas hari ini. -- fotoBERNAMA (2026) HAK CIPTA TERPELIHARA

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातोक सेरी अनवर इब्राहिमले विश्वव्यापी सु’रक्षा खतराहरू धेरैको अनुमानभन्दा मलेसियाको नजिक आइसकेको भन्दै संसदमा कडा चे’ता’वनी दिनुभएको छ।

गाजा मामिलामा मलेसियाको दृढ अन्तर्राष्ट्रिय अडानका कारण देश साइबर आ’क्र’मणको प्रमुख निशानामा पर्न सक्ने र थाइल्याण्ड जस्ता छिमेकी मुलुकहरूमा इजरायल लगायतका विदेशी जासुसी एजेन्सीहरूको सक्रियता बढ्नुले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको उहाँले उल्लेख गर्नुभयो।

युरोप, अमेरिका र जापानमा हालै भएका ठूला साइबर अवरोधहरू तथा मध्य पूर्व र रेड सीको तनावले मलेसियाको डिजिटल पूर्वाधार, व्यापारिक मार्ग र आर्थिक स्थिरतालाई प्रत्यक्ष असर गर्न सक्ने भएकाले यो ख’तरालाई टाढाको विषय सम्झेर भ्रममा नपर्न उहाँले आह्वान गर्नुभएको छ।

यो बढ्दो साइबर र भूराजनीतिक ख’तराको सामना गर्न मलेसिया सरकारले उच्च स्तरीय तयारी सुरु गरिसकेको छ। प्रधानमन्त्री अनवरले राष्ट्रिय सुरक्षा परिषद् (NSC), मुख्य सचिव र केन्द्रीय बैंकका गभर्नर मार्फत वित्तीय संस्थाहरू एवं सरकारी विभागहरूको पूर्वतयारी बलियो बनाउन विशेष निर्देशन दिनुभएको छ भने सांसदहरूका लागि छिट्टै एउटा गोप्य ब्रिफिङको आयोजना गरिँदै छ।

उहाँले सुरक्षा एजेन्सीहरूको प्राविधिक क्षमता बढाउने र संवेदनशील पूर्वाधारको सुरक्षा कडा पार्ने रणनीति सार्वजनिक गर्दै जनतालाई नआत्तिन र खाद्यान्न वा औषधी भण्डारण नगर्न अपील गर्नुभएको छ, जसका लागि सरकारले दैनिक आपूर्ति र बजारको अनुगमन गरिरहेको छ।