कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसदीय दललाई लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । 

प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसदहरु रहेका छन् । सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ ।