मलेसियाले कोरोनाले अलपत्र बिदेशीलाई स्वदेश फर्काउदै/तर अबैधानिक(इलिगल)लाई हैन।

आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा जारी लकडाउन अवधी सुरु भएको देखी अहिलेसम्ममा भिसा सकिएर,रोजगारदाता कम्पनीसंगको श्रम सम्झौता सकिएर,टिकट क्यान्सिल भएर अलपत्र परेका बिदेशी कामदारहरुलाई स्वदेश फर्किने अवसर दिइरहेका छ्न।

मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री दातोक श्री इस्माईल साबरी याकोबले एक पत्रकार सम्मेलनको क्रममा बोल्दै भने
” भिसा सकिएको बिदेशीहरुसंग तिन विकल्प छ्न ।
“सर्वप्रथम , पहिलो विकल्पमा यदि कामदारको भिसा समाप्त भएको छ तर आफ्नो देश फर्कन चाहन्छन् भने, तिनीहरू आफ्नो सक्कली पासपोर्ट र उडान टिकटको साथ एयरपोर्टमा गएर सिधै स्वदेश फर्किन पाउनेछ्न । यसमा सम्बन्धित निकायले समेत सघाउनेछ्न ।
“दोस्रो बिकल्पमा आफ्नो सोसल पास वा भिसा नवीकरण गर्न चाहनेहरूले अब मलेसिया अध्यागमन बिभाग ( इमिग्रेसन ) को कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछ्न। तर अध्यागमन बिभागको कार्यालयमा जानु अघि सम्बन्धित कार्यालयहरूसँग अनलाइन मार्फत अग्रिम अनुमति लिनुपर्नेछ्न।
“तेस्रो बिकल्पमा यदि उनीहरुको पासपोर्टको म्याद सकिएको छ्न र उनी मलेसियामै बस्न चाहन्छन् भने उनीहरुले आफ्नो सम्बन्धित देशको दूतावासमा सम्पर्क गरेर पासपोर्ट रिनियु गर्न सक्नेछ्न साथै भिसा रिनियु पनि गर्न सक्ने , रक्षामन्त्री साबरीले पत्रकार सम्मेलनमा बताए ।

[तस्बिरमा मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री दातोक श्री इस्माइल साबरी याकोब बिन ]

साबरीले स्वदेश फर्किन चाहने भिसा सकिएको विदेशीहरूलाई आश्वासन दिँदै भने ” मलेसियाको पुलिस प्रसाशनले म्याद सकिएका ट्राभल डकुमेन्टहरू र भिसा सकिएकोहरु बिरूद्ध कुनै कारबाही र पक्राउ गर्ने छैन। किनभने कोरोना भाइरसलाई नियन्त्रण गर्न मार्चमा पहिलो पटक आन्दोलन नियन्त्रण आदेश (एमसीओ) लाई लागू गरेपछि सबै सरकारी कार्यालयहरू बन्द भएकाले विदेशी कामदारहरुसंग कुनै विकल्प थिएन त्यसैले कसैलाई दु:ख दिन नमिल्ने बताए।

कोरोनाको कारण अलपत्र परेका र विभिन्न कारणबस जेल परेर सजाय पूरा गरि घरफिर्ती केन्द्र ( detention camp ) मा रहेका बिदेशी कामदारहरुलाई स्वदेश फर्काउन मलेसिया सरकारले इन्डोनेसिया , बङ्गलादेश, नेपाल लगायतको अन्तर्राष्ट्रिय मुलुकको सरकारसंग पनि आवश्यक समन्वय , छलफल गरिरहेको जनाएका छ्न ।

तर एमसिओ अवधी भन्दा पहिला देखि अथवा बिगतका बर्षदेखिनै अबैधानिक(इलिगल) हैसियतमा लुकिछिपी काम गरिरहेका बिदेशी कामदारहरु फर्किन पाउने छैनन् । र अहिलेकै अवस्थामा अबैधानिक कामदारहरुलाई आममाफी दिन नसकिने मलेसियाको सम्बन्धित निकायले जानकारी गराएको कुरा मलेसिया स्थित नेपाली दूतावासले प्रष्ट पारेकाछ्न।
साथै दूतावासले जानकारी गराएअनुसार एमसिओ अवधी भित्र भिसाको म्याद सकिएको , टिकट क्यान्सिल भएको,बिरामी भएर समस्यामा परेका करिब ४ हजार नेपाली तत्ल्काल स्वदेश फर्किन चाहेको बताए।

यता मलेसिया सरकारले अन्तर्राष्ट्रिय उडान सुचारु गरेर स्वदेश फर्किने मौका दिएपनी नेपाल सरकारले मलेसिया लगायत अन्य अन्तर्राष्ट्रिय मुलुकमा रहेका नेपाली कामदार लाई स्वदेश फर्काउन हवाई उडान सुचारु गरेको छैन । तर चाडैं बिदेशमा अलपत्र लगभग २५ हजार नेपालीलाई फर्काउने तयारी भने तिब्र रुपमा गरिरहेका छ्न।