थप १ सय ८९ जनामा कोरोना

संक्रमितको संख्या १४ सय १ पुग्यो

काठमाडौं । नेपालमा थप १ सय ८९ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,४०१ पुगेको हो। जसमध्ये ६ जनाको मृत्यु भएको छ भने २ सय १९ जना निको भएर घर फर्किएका छन् ।