बलिउड अभिनेता इरफान खानको उपचारका क्रममा मृत्यु।

एजेन्सी := भारतीय बलिउड अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ‘ आजतक ‘ले जनाएको छ ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।
गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् ।आजतकले समाचारमा उल्लेख गरेका छन।

५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।