क्वालालम्पुर ( मलेसिया ):= गैर आवासीय नेपाली संघ (nrna) जोहोर राज्य समितीले खाद्यान्न अभावको समस्या झेलिरहेको नेपाली श्रमिकहरुलाई नि:शुल्क खाद्यान्न सामाग्री प्रदान गरि सहयोग गरेका छ्न।
जोहोरबारुको गेलेनपाता भन्ने ठाउँमा बसोबास गर्दै आईरहेका ६ जना नेपाली कामदारहरु मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर ( आवागमन नियन्त्रण आदेश , एमसिओ )को कारण रोजगारदाता कम्पनी गत मार्च महिनादेखिनै बन्द रहेको र स्वदेश फर्किन नपाएर आफुहरुले खाद्यान्न अभाव भएर भोकभोकै बस्न बाध्य भएको दुखेसो पोख्दै सहयोगको लागी मलाया खबरसंग याचना गरेका थिए ।
सधै श्रमिककै पक्षमा रहेर श्रमिककै हकहितको निम्ति काम गर्दै आईरहेका एनआरएनए संस्थाले श्रमिकलाई दु:ख परेको थाहा पाए लगत्तै ति ६ नेपालीहरु बस्ने ठाउँमै पुगेर एनआरएनए मलेसियाका केन्द्रिय सदस्य तथा जोहोर राज्यका सल्लाहकार समेत रहनुभएका सिताराम बस्नेत, सचीव अर्जुन सिंह अनुरागी लगायतको समाजिक ब्यक्तित्वहरुले मानिसलाई बाच्नको लागी आवश्यक पर्ने खाद्यान्न सामाग्री किनेर होस्टेलमै गैइ पुर्याएर हस्तान्तरण गरि सहयोग गरेको बताए।


केहिदिन अगाडिपनि जोहोरबारुमै कम्पनीमा काम गर्ने,बस्ने श्रम सम्झौता सकिएर स्वदेश फर्किने तयारीमा रहेका नेपाल् ठेगाना डडेल्धुरा , बारा र सप्तरी जिल्ला निवासी खाद्यान्न अभाव झेलिरहेको ३ जना नेपाली श्रमिकहरुलाई एनआरएनए जोहोर राज्य समितीले नि:शुल्क खाद्य सामाग्री उपलब्ध गराइ सहयोग गरेका थिए।
कोरोना भाइरस नियन्त्रण गर्न मलेसियामा जारी गरिएको एमसिओ र नेपालमा जारी गरिएको लकडाउनको कारण रोजगारदाता कम्पनीसंग श्रम सम्झौता सकिएका कैयौं नेपाली श्रमिकहरु मलेसियामा अहिले अलपत्र अवस्थामा रहेका छ्न।




















