अमेरिकामा कोरोनाले १८ हजार बढीको मृत्यु ,५ लाख बढी संक्रमित।

कोरोना भाइरसको संक्रमणले अमेरिकामा ताबाही मचाएका छ्न। पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छ्न।

हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ्न भने अमेरिकामा ५ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३३ हजार ७ सय ५२ जना संक्रमित फेला परेका छन् । यो सँगै संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ ।

अमेरिकामा हालसम्म २७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । र, १० हजार ९ सय १७ जनाको गम्भीर अवस्थामा उपचार भईरहेको छ ।