क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरसको संक्रमणबाट बिश्वभरिमा अहिलेसम्म १ लाख २ हजार ५ सय २५ जना मानिसको मृत्यु भएका छ्न । १६ लाख ९१ हजार ७ सय १९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
लगभग ५ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा पनि अहिलेसम्म ७० जना मानिसको मृत्यु भएको र ४ हजार ३ सय ४६ जना संक्रमित फेला परेको मलेसियाका स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
मलेसियाको विभिन्न राज्यहरु जस्तै : सेलाङ्गरमा १हजार १ सय १८ मानिसमा संक्रमण फेला परेका छ्न भने ८ जनाको मृत्यु , क्वालालम्पुरमा ७ सय १३ संक्रमित र १३ जनाको मृत्यु , जोहोरमा ५ सय २३ संक्रमित र १४ जनाको मृत्यु , सारावाकमा ३ सय २७ संक्रमित र १३ जनाको मृत्यु , नेगेरी सेम्बिलानमा २ सय ९२ संक्रमित र ५ जनाको मृत्यु , साबाहमा २ सय ५० संक्रमित र ३ जनाको मृत्यु , इपो पेराकमा २ सय ४२ संक्रमित र २ जनाको मृत्यु , पाहाङमा १८७ संक्रमित र १ जनाको मृत्यु , केलान्तानमा १ सय ४८ जना संक्रमित र ३ जनाको मृत्यु , मेलाकामा १ सय ३३ संक्रमित र ३ जनाको मृत्यु , पुलाउ पेनाङमा १ सय ९ संक्रमित र १ जनाको मृत्यु , तेरेङ्गानुमा १०१ संक्रमित र १ जनाको मृत्यु , केडाहमा ९३ संक्रमित र १ जनाको मृत्यु , पुत्राजायामा ४९ संक्रमित र १ जनाको मृत्यु , पेरलिसमा १७ संक्रमित र १ जनाको मृत्यु , लाबुवानमा १३ जना संक्रमित गरेर , जम्मा ४ हजार २ सय २८ जनामा संक्रमण फेला परेका छ्न भने ६७ जनाको मृत्यु भैइसकेको छ । अस्पतालमा उपचाररत लगभग १ हजार ८ सय ३० जना बिरामी उपचार सकिएर घर फर्किसकेका छ्न । २ हजार ४ सय ४६ जना इमर्जेन्सी कक्षमा उपचाररत रहेका छ्न भने कैयौं हजार संक्रमितको चेकजाँच गर्न बाकी रहेको छ ।

मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डाक्टर नुर हिजाम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमण रहेकाे पुष्टि गरेका छ्न। उनका अनुसार ईन्डाेनेसियाली नागरिक- ५१ जना, भारतीय -३७ जना, म्यानमार-३१ , पाकिस्तानी-२९, फिलिपिन्स -२७ जना, चिनियाँ -२५ र बङलादेशि -१२ जना रहेका छन भने बांकी अन्य मुलुकका रहेकाे जनाइएको छ।
कोरोना भाइरसको संक्रमण बाट अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु भएको छैन । कोरोनाबाट संक्रमित बिदेशी नागरिकलाई सरकारले स्थानीय नागरिक सरह ब्यवहार गर्दै यहाँका सरकारी अस्पतालमा नि:शुल्क उपचारको ब्यवस्थापन गरेका छ्न ।
मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ ,लकडाउन ) अप्रिल २८ तारिखसम्मको लागी थप गरिसकेका छ्न ।




















