क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरसको संक्रमणबाट बिश्वभरिमा अहिलेसम्म १ लाख ३ हजार २ सय ३० जना मानिसको मृत्यु भएका छ्न । १७ लाख ५ हजार ७ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
लगभग ५ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा पनि अहिलेसम्म ७३ जना मानिसको मृत्यु भएको र ४ हजार ५ सय ३० जना संक्रमित फेला परेको मलेसियाका स्वास्थ्य मन्त्रालयको महानिर्देशक डाक्टर नुर अब्दुलाह हजिम बिनले हरेकदिन सार्वजनिक गर्ने बिज्ञप्ति मार्फत जनाएका छ्न ।
२ हजार ४ सय ६२ जना संक्रमित फेला परेका छ्न भने इमर्जेन्सी कक्षमा ७२ जना उपचाररत रहेका छ्न । यता १ हजार ९ सय ९५ जना उपचार सकिएर निको भएर सकुशल घर फर्किसकेको बताइएको छ।
कोरोना भाइरसको संक्रमण बाट अहिलेसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु भएको छैन । कोरोनाबाट संक्रमित बिदेशी नागरिकलाई सरकारले स्थानीय नागरिक सरह ब्यवहार गर्दै यहाँका सरकारी अस्पतालमा नि:शुल्क उपचारको ब्यवस्थापन गरेका छ्न ।
मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ ,लकडाउन ) अप्रिल २८ तारिखसम्मको लागी थप गरिसकेका छ्न ।



















