सुनिल चौधरी,,
झुम्का:= इनरुवा ६ मधेशा स्थित बाटो निर्माणमा प्रतिपक्षिदलले राजनितिकरणगरी भ्रामक कुप्रचार गरेको प्रति वडाकार्यालयले ध्यानआकर्षण भएको जनाएको छ ।
प्रदेश सरकारबाट आएको बजेट प्रदेश सांसद प्रतिपक्षिदलका नेता राजिव कोइरालाको सांसद कोषबाट आएको भन्दै वडाकार्यालयलाई समेत जानकारी नदिई जनतामा भ्रमपैदागरी शिलान्यास गर्नु राजनितिकरण भएको भन्दै प्रेश बिज्ञयप्ती मार्फत आपति जनाउदै ध्यानआकर्ष भएको जनाए ।
मधेशामा निर्माण भैरहेको बाटो मंगलवार प्रदेश सांसद राजिक कोईरालाले उद्धघाटन गरेका थिए । सर्वपक्षिय पहलबाट प्रदेश सरकारले उपलब्धगराएको बजेटमा सांसद राजिव कोईरालाको सांसद कोष बजेट भनेर भ्रामकप्रचार भएको वडाकार्यालयले जनाए । प्रत्यक्ष रुपमा प्रदेश सरकाले उपलब्ध गराएको बजेटमा कुप्रचार भएको जनाए । निर्माण हुदै गरेको बाटो वडाको जनप्रतिनिधि तथा वडाकार्यालयलाई खबर नगरी काग्रेश निकटकालाई मात्र निमण्त्रणा गरी उद्धघाटन गरिएकोहुदा बिकासमा राजनितिकरण गर्न खोजिएको जनाए । बाटो निर्माण कार्यतिब्र गतिमा भईरहदा बिचमा आएर उद्धघाटन गर्नु समुदायलाई धमिल्याउन खोजेको वडा नं. ६ का वडाअध्यक्ष कोषराज अधिकारीले बताए ।


बाटो निर्मांणकालागी मधेशाका जनप्रतिनिधि, नागरीक समाज, राजनितिकदल, स्थानियवासीहरुको पहल र वडाकार्यालयको प्रत्यक्ष अगुवाईमा बिकासका योजना ल्याउन सफल भएकोले अहिले आएर स्वार्थपुर्ण रुपमा वडाकार्यालयलाई खबरैनगरी उद्धघाटन गर्नाले योजनामा अबरुद्ध गर्न खेलगर्दै नेपाली काग्रेशले भ्रामक कुप्रचार गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ । उद्धघाटनमा सहभागी रहेका पुर्वाधार मन्त्रालयका डिई सुसिल श्रेष्ठ प्रति पनि खेद प्रकट गरेका छन् । कम्तिमा मन्त्रालयबाट नगरपालिकामा र सम्बन्धित वडाका बिकासमा वडाकार्यालयलाई जानकारी हुनु पथ्र्यो भनेर वडाअध्यक्षको भनाईरहेको छ ।
यसैगरी इनरुवा ५ देवेन्द्र चौक हुदै रामधुनी नगरपालिका सैनिमैनिबाट पकली जोड्ने कालोपत्रे सडक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत ९ घर निर्माण सम्पन्न र १० घर निर्माण हुने अवस्थामा रहेको इनरुवा ५ थारु टोल हुदै वडाकार्यालय जोड्ने घोपालीटोल हुदै वडा कार्यालय जोड्ने साबिक मधेशा ८ हुदै तित्रिवन चौक बाटोको निर्माण संघबाट टेण्डर भई निर्माण कार्य सुरु हुने अवस्थामा रहेको जानकारी दिएका छन् । इनरुवा ६ स्थित खानेपानी संस्थालाई प्रदेश सरकारको स्थानिय वडाबाट निर्माण कार्य सुचारु भईरहेकोले वडाकार्यालय सहित सर्वपक्षिय पहल रहेको जानकारी दिए । तर यस बिकास योजनामा काग्रेशका प्रतिनिधिहरुले कुप्रचार गरेकोमा बिज्ञप्ती मार्फत आपति जनाएका हुन् ।




















