सुनिल चौधरी,,
झुम्का:= सुनसरी मोरङ्ग सिंचाई योजना एसएसजे झुम्काको ९ औ साधारण सभा सम्पन्न भएको छ । जल उपभोक्ता समन्बय समितिका केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा एसएसजेका अध्यक्ष डुनारायण चौधरीले आयब्यय तथा प्रगती प्रतिवेदन प्रस्तुतगर्दै अतिथी र उपभोक्ता सहभागीबाट सुझाव संकलनगर्दै साधारण सभा सम्पन्न गरेको हो ।

एसएसजे झुम्काका अध्यक्ष चौधरीले आ.ब. २०७५÷७६ मा संचालन गरेको गतिबिधिका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै रु १ करोड ८ लाख १९ हजार १ सय ५७ रुपैयाको आयब्य प्रस्तुत गरेका छन् । पानिपोतबाट १२ हजार २ सय २८ रुपैया तथा सिंचाई योजनाबाट रु १ करोड ६ लाख ९५ हजार ५४ रुपैया प्राप्त भएको जनाए । यसैगरी ब्यय तर्फ नहर सरसफाई तथा मर्मत, संस्था नबिकरण, राजस्व दाखिला लगायतका शिर्षकमा खर्च भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिवेदन मार्फत सम्पन्न गरिएका योजनाहरुमा टि ५ सर्भिस रोड ग्राभेल मर्मत, टि५ डब्लु२ वाटर कोष लायनिङ्ग गरिएको र आरडब्लु४ वाटरकोष लायनिङ्ग गरिएको जनाए । आगामी आर्थिक बर्षहरुमा गरिने भावि योजनाकाबारेमा समेत जानकारी दिएका छन् । भावि योजना मध्ये नहरनहरी सरसफाई कार्य, स्ट्रक्चर प्रोटेक्सन तथा मर्मत संभार कार्य, एसएसजे उपशाखा नहरको लाईनिङ्ग तथा बैंक मर्मत, कार्यालय भवन निर्माण गर्ने योजना रहेको र सो योजना सिंचाई योजना संग माग गर्ने बताए ।
सधारणसभामा किसानहरुलाई समयमा पानिको ब्यवस्था, पानिपोत शुल्क ब्यवस्थापन,नहरमर्मत, पानिको सहि सदुपयोग हुनु पर्नेमा सुझावहरु आएका छन् । उपशाखाहरुले पानिपोत शुल्क उठाउन नसक्दा ५ करोडको बेरुजु रहेको सिंचाई योजनाका बरिष्ठ समाज शास्त्रि बेनु पौडेलले बताए । सिंचाईको राम्रो ब्यवस्थापन हुन किसानहरुले समयमा पानिपोत शुल्क बुझाउन समेत सुझाव दिएका छन् पौडेलले । कार्यक्रममा वडाअध्यक्ष रामनारायण चौधरी, जलउपभोक्ता रामधुनी अध्यक्ष भिम पराजुली, केशिलाल चौधरीले सुझाव सहितको मन्तब्य राखेका थिए ।




















