काठमाडौं := नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो । खेलपाटीले समाचार छापेको छ ।
दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो । यो सँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो । त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ ।
पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो । यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा शीर्ष दुई टिमले उपाधिका लागि खेलेका थिए ।
यस्तै तेस्रो र चौथो स्थानमा रहेको टिमले तेस्रो स्थानका लागि खेलेका थिए ।बिहिबार नै बंगलादेशलाई हराउँदै किर्गीस्तानले तेस्रो स्थान हासिल गरेको थियो ।
क्वालालम्पुर(मलेसिया):= नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मलेसियामा समाजसेवाको क्षेत्रमा एकदमै सक्रिय संस्था "जनउद्धार केन्द्र मलेसिया"ले प्रधानमन्त्री दैवी प्रकोप...
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन। यो कांग्रेस कस्तो पार्टी बन्ने? कसका आवाज समेट्ने? र बदलिँदो नेपाली समाजसँग...
काठमाडौं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमान ले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव सँग मन्त्रालयमा द्विपक्षीय...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले नक्कली E-PLKS बनाउने तथा उपलब्ध गराउने गतिविधिविरुद्ध सञ्चालन गरेको ‘Ops Serkap’ अन्तर्गत क्वालालम्पुरको Jalan Chan Sow Lin...
काठमाडौं:= नेपालमा गत भदौ १० गते आएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लिङ्कन यूनिभर्सिटी कलेज मलेसिया Lincoln University College...