काठमाडौं:= नेपालमा गत भदौ १० गते आएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लिङ्कन यूनिभर्सिटी कलेज मलेसिया Lincoln University College (LUC), Malaysia तथा लिङ्कन ईन्स्टिच्युट अफ हाईयर एजुकेसन अस्ट्रेलिया Lincoln Institute of Higher Education, Australia ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख आर्थिक सहयोग गरेका छन्।
उक्त सहयोग रकम नेपाल सरकारका शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा LUCAN का President रेस्टा झा, Lincoln University का Country Manager बिमल पोखरेल तथा LUCAN सदस्य भेषराज पोखरेल समेत उपस्थित हुनुहुन्थ्यो।
प्राकृतिक विपद्का बेला पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक संस्थाहरूले गरेको यो योगदानलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। प्राप्त सहयोग रकम विपद्बाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा उपयोग गरिने अपेक्षा गरिएको छ।
लिंङ्कनले नेपालमा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको अवस्थामा मानवीय संकटका बेला गरिएको यस आर्थिक सहयोगले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि थप स्पष्ट गरेको छ।




















