सुनिल चौधरी,,
झुम्का:= झुम्का खानेपानि कार्यालयलाई पहिलेको भन्दा बिकास गर्दै लगिएको छ । हालको समिति कृयाशिल हुदै नगरकालागी नियमित खाानेपानि सञ्चालन गर्ने प्रतिबद्धताका साथ ब्यवस्थापन गर्दै गएका हुन् ।
ब्यवस्थापनकै क्रममा उपभोक्ताहरुलाई सहज सेवा उपलब्ध गराउन प्रदेश सरकारको सहयोग रहनेगरी बुधवार कार्यालय भवन शिल्यानास गरेको हो । रामधुनीका नगरप्रमुख जयप्रकाश चौधरीले शिल्यानास गर्दै सहयोगको प्रतिबद्धता गरेका छन् । नगरमा खानेपानि उपलब्धगराई जिवन्त प्रदानगर्ने उधेश्य रहेकोले नगरपालिका कार्यालयबाट पनि लगानी रहने नगरप्रमुख चौधरीले बताए । भवन निर्माणमा अरुले कमजोरी देखाउने गरी बनाउन नहुने भन्दै कुनै त्रुटि भए सच्याएर निर्माण गर्नु पर्ने नगरप्रमुखले सुझाव दिए ।
झुम्का खानेपानि तथा सरसफाई मुल उपभोक्ता समितिको भवन निर्माणकालागी योजना अनुसार रु ४२ लाख लागत लाग्ने बताए । निर्माणकालागी प्रदेश सरकारबाट सुधार बिस्तार कार्यक्रम मार्फत रु २० लाख उपलब्ध गराएको अध्यक्ष केशिलाल चौधरीले जानकारी दिए । मिटिङ्गहल, अध्यक्ष, समिति बस्ने र काउन्टरगरी चार कोठाको प्राबिधिक रितेश श्रेष्ठले बताए । खानेपानि समितिको कार्यालय भुकम्प प्रतिरोधात्मक भवन निर्माण हुने जनाएको छ ।
हालमा झुम्का खानेपानि संस्थाको दुई वटा ट्यांकी रहेको छ । एकवटाबाट मात्र सञ्चालन भईरहेकोमा छिटै अर्कोबाट पनि स्वच्छ खानेपानि बितरण गर्ने समितिले जनाएको । समितिका अनुसार नगरमा खानेपानि पाईप बिस्तार गर्ने कार्य छिटै अगाडी बढाएर सेवा दिने योजनामा रहेको जानकारी दिए । सो बिस्तारकालागी प्रदेश सरकारकै सहयोगमा पाईप खरिद गरिसकेको हो । शिल्यानास कार्यक्रममा इटहरी डिभिजन कार्यालयका प्रमोद कमार दक्त, वडा नं. ३ वडा सदस्य बिन्देश चौधरी लगायतका जनप्रतिनिधि र राजनिनितक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
एजेन्सी := पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजनको विशेष सम्मान जितेका छन्।...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेटालिङ जयामा ब्रेक–अपको रिसमा आफ्नी पूर्वप्रेमिकामाथि तेजाब (एसिड) प्रहार गरी फ’रार भएका एक विदेशी पुरुषको मलेसियान पुलिसले तीव्रताका साथ खोजी गरिरहेको...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ११ जना विदेशी पुरुष पक्राउ परेका छन्। पेनाङ...
क्वालालम्पुर (मलेसिया):= मलेसियामा अनलाइन ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध अध्यागमन विभागले विशेष कारबाही गर्दै ६४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।मलेसियाली अध्यागमन विभाग (इमिग्रेशन) र...