सुनिल चौधरी,,
झुम्का:= झुम्का खानेपानि कार्यालयलाई पहिलेको भन्दा बिकास गर्दै लगिएको छ । हालको समिति कृयाशिल हुदै नगरकालागी नियमित खाानेपानि सञ्चालन गर्ने प्रतिबद्धताका साथ ब्यवस्थापन गर्दै गएका हुन् ।
ब्यवस्थापनकै क्रममा उपभोक्ताहरुलाई सहज सेवा उपलब्ध गराउन प्रदेश सरकारको सहयोग रहनेगरी बुधवार कार्यालय भवन शिल्यानास गरेको हो । रामधुनीका नगरप्रमुख जयप्रकाश चौधरीले शिल्यानास गर्दै सहयोगको प्रतिबद्धता गरेका छन् । नगरमा खानेपानि उपलब्धगराई जिवन्त प्रदानगर्ने उधेश्य रहेकोले नगरपालिका कार्यालयबाट पनि लगानी रहने नगरप्रमुख चौधरीले बताए । भवन निर्माणमा अरुले कमजोरी देखाउने गरी बनाउन नहुने भन्दै कुनै त्रुटि भए सच्याएर निर्माण गर्नु पर्ने नगरप्रमुखले सुझाव दिए ।
झुम्का खानेपानि तथा सरसफाई मुल उपभोक्ता समितिको भवन निर्माणकालागी योजना अनुसार रु ४२ लाख लागत लाग्ने बताए । निर्माणकालागी प्रदेश सरकारबाट सुधार बिस्तार कार्यक्रम मार्फत रु २० लाख उपलब्ध गराएको अध्यक्ष केशिलाल चौधरीले जानकारी दिए । मिटिङ्गहल, अध्यक्ष, समिति बस्ने र काउन्टरगरी चार कोठाको प्राबिधिक रितेश श्रेष्ठले बताए । खानेपानि समितिको कार्यालय भुकम्प प्रतिरोधात्मक भवन निर्माण हुने जनाएको छ ।
हालमा झुम्का खानेपानि संस्थाको दुई वटा ट्यांकी रहेको छ । एकवटाबाट मात्र सञ्चालन भईरहेकोमा छिटै अर्कोबाट पनि स्वच्छ खानेपानि बितरण गर्ने समितिले जनाएको । समितिका अनुसार नगरमा खानेपानि पाईप बिस्तार गर्ने कार्य छिटै अगाडी बढाएर सेवा दिने योजनामा रहेको जानकारी दिए । सो बिस्तारकालागी प्रदेश सरकारकै सहयोगमा पाईप खरिद गरिसकेको हो । शिल्यानास कार्यक्रममा इटहरी डिभिजन कार्यालयका प्रमोद कमार दक्त, वडा नं. ३ वडा सदस्य बिन्देश चौधरी लगायतका जनप्रतिनिधि र राजनिनितक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
क्वालालम्पुर(मलेसिया):= नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मलेसियामा समाजसेवाको क्षेत्रमा एकदमै सक्रिय संस्था "जनउद्धार केन्द्र मलेसिया"ले प्रधानमन्त्री दैवी प्रकोप...
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन। यो कांग्रेस कस्तो पार्टी बन्ने? कसका आवाज समेट्ने? र बदलिँदो नेपाली समाजसँग...
काठमाडौं । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत महामहिम मोहम्मद फिरदौस अजमान ले आज युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव सँग मन्त्रालयमा द्विपक्षीय...
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले नक्कली E-PLKS बनाउने तथा उपलब्ध गराउने गतिविधिविरुद्ध सञ्चालन गरेको ‘Ops Serkap’ अन्तर्गत क्वालालम्पुरको Jalan Chan Sow Lin...
काठमाडौं:= नेपालमा गत भदौ १० गते आएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि लिङ्कन यूनिभर्सिटी कलेज मलेसिया Lincoln University College...