क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको प्रवास संगठन “नेपाली जनसम्पर्क समिती” मलेसियाको निमन्त्रणालाई स्विकार्दै कांग्रेसका केन्द्रिय सह-महामन्त्री भीष्मराज आङदेम्बे यहीँ जुलाई २७ तारिख बुधबारको दिन मलेसिया आउने भएका छन्।
जनसम्पर्क समिति मलेसियाले यहीँ जुलाई ३१, आईतवारका दिन आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा प्रमुख अथितीको निमन्त्रणा स्विकार्दै र मलेसिया भ्रमण गर्नको लागि सह-महामन्त्री आङदेम्बे मलेसिया आउन लाग्नुभएको नेपाली जनसम्पर्क समिति मलेसियाले जानकारी दिनुभएको छ।

उक्त प्रशिक्षण कार्यक्रममा जनसम्पर्क समितीका पदाधिकारीसंगै वैदेशिक रोजगारीको निम्ति मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहनुभएका र कांग्रेस पार्टीप्रति लगाव झुकाव भएका लोकतन्त्रवादी कांग्रेसी दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रशिक्षण लिनूहुन र सहभागी भैइ दिनुहुनको लागि समितीका अध्यक्ष चोलाकान्त पंगेनीले आग्रह समेत गर्नुभएको छ।




















