भारतमा आदिवासी समुदायबाट नयाँ राष्ट्रपति बनेकी द्रौपदी मुर्मुले लिइन शपथ।

एजेन्सी := भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मुले आज (सोमबार) पद तथा गोपनियताको शपथ लिनुभएको छ ।मुर्मुले सोमबार बिहान एक विशेष समारोहकाबीच पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

प्रधानन्यायाधीश एनबी रमणले मुर्मुलाई राष्ट्रपतिको पद तथा गोपनियताको शपथ गराउनुभयाे । भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित ६४ वर्षीय मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको हो । उहाँले सोमबारदेखि कार्यभार सम्हाल्नु हुने भएकाे छ ।