मलेसियन दम्पतीको नेपालको सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना पूरा।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली नागरिक जेरेमी खु (Jeremy Khoo) र उनकी श्रीमतीले जीवनकै एउटा ठूलो सपना पूरा गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको चुनौतीपूर्ण पदयात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।

कोभिड–१९ महामारीपछि साहसिक यात्रामा निस्कने निर्णय गरेको यो जोडीले सामान्यतया १२ दिनमा पूरा हुने प्रचलित मार्गको सट्टा बढी कठिन मानिने गोक्यो ताल हुँदै जाने पदमार्ग रोजेको थियो। करिब १७ दिन लागेको उक्त यात्रामा सामान्य मार्गभन्दा थप ३० किलोमिटर दूरी पार गर्नुपरेको थियो।

हिमाली पदयात्राको पूर्वअनुभव नभएका उनीहरूका लागि यो यात्रा निकै चुनौतीपूर्ण बन्यो। काठमाडौंबाट लुक्लातर्फ जाने क्रममा खराब मौसमका कारण उडान हुन नसकेपछि उनीहरूले तीन दिनसम्म प्रतीक्षा गर्नुपरेको थियो। अन्ततः हेलिकोप्टरबाट नजिकैको गाउँ पुगेर त्यहाँबाट करिब दुई घण्टा पैदल हिँड्दै लुक्ला पुगेका थिए।

यात्राका क्रममा उचाइ बढ्दै जाँदा अत्यधिक चिसो, शारीरिक थकान र दुखाइको सामना गर्नुपरे पनि हिमालयका ६ हजारदेखि ७ हजार मिटर अग्ला हिमाच्छादित चुचुराहरू र गोक्यो क्षेत्रका मनमोहक हिमतालहरूले उनीहरूलाई थप उत्साहित बनाएको थियो।

चुनौतीपूर्ण हिमाली बाटो, चौंरी तथा खच्चर हिँड्ने गोरेटो र कठिन भौगोलिक अवस्थालाई पार गर्दै अन्ततः उनीहरू समुद्री सतहबाट ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पुग्न सफल भए।

१७ दिनसम्मको कठिन यात्रा र अनेकौँ अवरोध पार गर्दै सगरमाथा आधार शिविर पुग्नु उनीहरूका लागि केवल एउटा पदयात्रा मात्र नभई वर्षौंदेखि मनमा साँचेर राखेको सपना पूरा भएको अविस्मरणीय उपलब्धि बनेको छ।

यद्यपि, ६,००० देखि ७,००० मिटर अग्ला हिउँदिला चुचुराहरू र गोक्योका १९ वटा अद्भूत उच्च हिमाली हिमनदी तालहरूको मनमोहक दृश्यले उनीहरूको दुःख भुलाएको थियो। चौंरी र खच्चरको गोबर पन्छाउँदै र अनेकौं कष्ट सहँदै अन्ततः यो जोडीले ५,३६४ मिटरको उचाइमा रहेको माउन्ट ईभरेष्ट बेस क्याम्प पुगेर आफ्नो वर्षौंदेखिको सपना साकार पार्न सफल भएका थिए।