यूईएफए नेसन्स लिग फुटबल: पोर्चुगलको दोस्रो जित, स्पेनको संघर्षपुर्ण जीत।

एजेन्सी := चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।

शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

त्यस्तै यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह ‘बी’ को खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

स्पेनको जितमा पाब्लो साराबियाले निर्याणयक गोल गरे। उनले खेलको १३ औं मिनेटमा मार्कस लोरेन्टको पासमा गोल गरेका थिए।

यो सँगै समूहको तेस्रो चरण सकिँदै ७ अंक जोडेको पोर्चुगल शीर्षस्थानमा छ भने ५ अंक जोडेको स्पेन दोस्रो स्थानमा, ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा र अंकबिहीन स्वीजरल्याण्ड तालिकाको पुछारमा छन्।