
काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साहबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गर्नुभएको हो । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो ।
प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु भयो । स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताउनु भयो ।



















