क्याप्टेन विजय लामा इसेवा ट्राभल्सको ब्रान्ड एम्बेसडर

काठमाडौं:= नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स एन्ड टुर्सको ब्रान्ड एम्बेसडर नियुक्त हुुनुभएको छ।

शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बेसडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

क्याप्टेन लामा ब्रान्ड एम्बेसडर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहजरूपमा टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सो अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो, ‘विजय लामाजस्तो बहुआयामिक व्यक्तिलाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ ।

एफवान थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छाँै ।’ ब्रान्ड एम्बेसडर लामाले पनि नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।