काठमाडौं:= नेपाल राष्ट्र बैंकले नोट से्रडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) अर्थात् पुराना नोटबाट ब्रिकेट बनाउने कार्य सुरु गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार विराटनगर कार्यालयमा नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बिएसबिएसको मेसिनको ‘स्विच अन’ गरेर शुभारम्भ गर्नुभएको हो ।
चलनचल्तीका लागि अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बिएसबिएस मेसिनको प्रयोगमार्पmत् स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बिएसबिसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
बिएसबिसमार्पmत् तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । साथै बिएसबिसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र सोसम्बन्धी कार्यविधि तर्जुमा प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बिएसबिस सञ्चालन प्रक्रियाबारे जानकारी दिनुभयो । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख पर्शुराम नेपालले बिएसबिसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको बताउनुभयो ।
राष्ट्र बैंकका अनुसार बिएसबिस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा दुईवटा खण्ड रहेका छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने काम गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।
मेसिनमा एकपटकमा दुई सय केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा सय केजी नोट टुक्र्याउने क्षमता राख्छ । टुक्र्याइएको नोटलाई प्रतिघण्टा दुई सय केजीका दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बिएसबिस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिन्छ । यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुनेछ ।
थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । उक्त मेसिन नेदरल्यान्डबाट आयात गरिएको हो ।
बिएसबिसमार्पmत् नोट धुल्याउने पद्धतिलाई नीतिगतरूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन प्रक्रियासमेत अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ । यसरी सञ्चालनमा ल्याइएका बिएसबिस वातावरणीय दृष्टिले समेत उपयोगी हुने बताइएको छ । कार्यक्रम नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।




















