गायिका अन्जुले मुकुन्द जिसिलाई तिमी पहाडिया छाडा छौं,भनेपछि भयो बबाल (भिडियो सहित)

[ आरएन चौधरी थारु ]


काठमाडौं:= चर्चित सुपरमोडल अन्जु कुश्मी , मुकुन्द जिसिको अभिनय रहेको “पहाडीको केटितिर ध्यान” बोलको गितको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

मुकुन्द जिसि नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको सो म्युजिक भिडियोको नृत्य निर्देशनमा बिक्रम चौहानको रहेको छ। भिडियो भित्र अन्जु र मुकुन्द संगै उमेश मुस्कान , रामु राना लगायतको कलाकारहरुले पनि अभिनय गरेको देख्न सकिन्छ।

गितमा उमेश मुस्कान र अन्जु कुश्मीकै स्वर रहेको छ, भने ब्यवस्थापन केशव बडुले गरेका हुन। भिडियोको छायांकन दिपेश ठकुना र सम्पादन लक्ष्मण चौहानले गरेको हो।

पछिल्लो समयमा थारु गितसंगितमा गायनसंगै नेपाली गितमा पनि स्वर दिदैँ नयाँ नयाँ नेपाली म्युजिक भिडियोहरुमा समेत मनमोहक अभिनय गरेर दर्शकक्ष्रोताहरुको मन जित्न सफल मोडल मानिन्छन् अन्जु कुश्मी।

अन्जुले पछिल्लो समय स्वर दिइएको तथा अभिनय गरेको चक्र बम संगको “पहाडिया बिग्रियो जाँडको झोलमा” भन्ने गित र भिडियो पनि सुपरहिट साबित हुनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गितको व्यापक चर्चा समेत चलेको थियो।

जानकारी अनुसार आगामी दिनमा प्रशारण हुने र छायांकनको तयारीमा रहेको गितहरु थरुनी ब्युटिफुल , बठिनिया बडा च्वाँक लगायतको म्युजिक भिडियोहरुमा पनि अन्जु कुश्मीलाई अभिनय गरेको देख्न सकिने बताइएको छ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस: