कोल्हबीमा जारी प्रथम मेयर क्रिकेट कप सम्पन्न,फाइनल खेलमा कचोर्वाको जित।

[ साजिर मन्सुर ]

बारा := बारा जिल्लाको कोल्हवीमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ को फाइनल खेलमा कचोर्वाले जितहात पारेको छ । पविर्तनको लागी युवा समाज (पलास) टस जितेर व्याटिङ्ग गर्दै ९४ रन बनाएको थियो । ९५ रनको लक्ष्य लिई मैदानमा उत्रेको कचोर्वाले १८ ओभरमा लक्ष्य प्राप्त गरि प्रथम मेयर क्रीकेट कप २०७७ को बिजेता बनेका छन।

त्यस्तै फाइनल खेलमा सर्बाधिक ३४ रन बनाउदै म्यान अफ दि म्याच कचोर्वा टिमका समीर महम्मदले पाएका थिए । आज समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।आज भएको फाइनल खेलमा प्रमुख अतिथि कोल्हवी नगरपालिकाका मेयर भरत बहादुर भन्डारीको रहेको थियो भने विशिस्ट अतिथिमा वडा न.१ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी अतिथीहरुमा उधोग बाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह,समाजसेवि गोबिन्द पौडेल,रबिन्द्र पनुहर,हरिचन्द्र पनुहर लगायतका उपस्थिति रहेको थियो ।

कोरोना भाइरस कोभिड १९ को महामारीको बेलामा प्रथम मेयर कप गराइ रहदा धेरैनै कठिनाई आएकोले सुरक्षाको सबै साधनहरु अपनाएर यो कार्यक्रम सम्पन्न गरेको कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मेयर भण्डारीले जानकारी दिएका थिए ।

हिन्दुहरुको महान चांड शुभ बिजया दशमी,दिपावली एवम् छठ पर्वको पावन अवसर पारेर कोल्हवी नगरपालिकाको मुख्य सहयोग र परिवर्तनको लागि युवा समाज “पलास” को आयोजनामा रहेको सो प्रतियोगिता शनिबार समाप्त भएको हो।

प्रथम मेयर क्रिकेट कप २०७७ को बिजेताले नगद रु. ४१ हजार ५५५ सिलड मेडल र प्रमाणपत्र , दोश्रो हुनेले नगद रु. २१ हजार ५५५ पाउनुको साथै सिलड मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजकको अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।