[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमणलाई मध्यनजर गर्दै मलेसियन अध्यागमन बिभाग (imigresen department ) को कार्यालय बन्द गरिएको छ।
पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुने मानिसहरुको संख्यामा लगातार वृद्धि हुँदैगएपछि बिभागको कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु जारी सिएमसिओको अवधी नसकुन्जेलसम्मको लागी बन्द गरिएको मलेसिया अध्यागमन बिभागले जनाएको छ।
बिभागले शनिबार एक सुचना सार्वजनिक गर्दै डिसेम्बर ६ तारिख, २०२० सम्म करिब एक महिनाको लागी मलेसियाको सबै राज्यहरुमा रहेको अध्यागमन कार्यालयहरु र प्रदान गरिने सेवाहरु पनि तत्कालको लागी बन्द गरिएको जनाएको हो।


बिभागको कार्यालयहरु बन्द भएपछि विदेशी कामदारहरु स्वदेश फर्किन आवश्यक पर्ने चेकआउट मेमो , स्पेशलपास लगायतको कानुनी कागजातहरु बनाउन,निकाल्न समेत नसकिने भएको छ। जसले गर्दा स्वदेश फर्किन चाहने कामदारहरु प्रभावित हुने देखिन्छ।
साथै जानकारी अनुसार भिसा रिनियु लगायतको कामहरू पनि जारी पिकेपिबी नसकुन्जेलसम्मको लागी अनिश्चितकालको लागी बन्द भएको बिभागले जनाएको छ।
अत्त : कोरोना संक्रमण कम भएर कार्यालयहरु खुलेपनि कोरोना संक्रमणलाई नै ध्यानमा राखेर अध्यागमन सम्बन्धि कुनै आवश्यक कामको लागी बिभागको कार्यालयमा आउनुभन्दा अगाडि अनलाइन माध्यमबाट अनुमति ( appointment ) लिएर बल्ल कार्यालय आउन मिल्ने नियम लगाइएको बिभागले जनाएको छ।




















