विना रुटपरमिट नै चल्छन् ग्रामीण क्षेत्रका अधिकांश गाडी

 डडेल्धुरा । डडेल्धुराका ग्रामिण सडकमा संचालन हुने अधिकांस यात्रु वहाक सवारी साधन रुट परमिट विना नै सञ्चालन हुने गरेका छन् । 

जिल्लाको सबैभन्दा बढी यातायातका सवारी साधन सञ्चालन हुने बागबजार–बगरकोट बगरकोट–सिराड–रुपाल सडक र बगरकोट–देवल सडकमा सञ्चालन हुने यात्रु वहाक जिप रुट परमिट विना नै संचालन हुने गरे हुन् ।

ट्राफिक चेकजाँचका क्रममा रुट परमिट बिना नै सवारीका साधन हुने गरेएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख टेकबहादुर चन्दले बताउनु भयो ।

ग्रामिण सडकमा यात्रु वहाक सवारी सञ्चालनका लागि अस्थायी रुट परमिट लिनु पर्ने हुन्छ । यातायात व्यवस्था कार्यालयबाट पटके कर तिर्नु पर्ने भए पनि त्यसो नगरिकनै जिप सञ्चालन हुने गरेका छन् ।

रुट परमिट विना नै सञ्चालना आएका सवारीका साधन दुर्घटना भएमा यात्रुले विमा पनि पाउँदैनन् । 

यसैगरी ग्रामिण सडकमा सञ्चालन हुने यात्रु वहाक जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्न थालेका छन् । यात्रु मात्रै नभई सवारी साधनहरुले व्यापारीक प्रयोजनका लागि प्रयोग हुने समान समेत बोक्ने गरेकाले दुर्घटानको जोखिम बढेको छ ।

ग्रामिण सडक आफैमा सडक मापदण्ड अनुसारका छैन्न । क्षमता भन्दा बढी भारसंगै दोब्बर बढी यात्रु बोक्दा दुर्घटानको जोखिम बढेको छ ।