दोस्रो मक़ालु गोल्ड कप २०२६ को द्वितिय पुरस्कार रासि DRC नारायण अधिकारी ले दिने उत्घोस ।

मक़ालु फुटबल क्लब जोहोर द्वारा एहि अगस्ट ३० र ३१ मा आयोजना हुने दोस्रो मक़ालु गोल्ड कप २०२६  को उप बिजेता पुरस्कार रासि ब्यबसायि तथा नव निर्बाचित गैरआवासीय नेपाली संघ का एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजक नारायण अधिकारी ले प्रधान गर्ने उत्घोस गर्नुभएको छ ।

केम्पास अवाना स्टुडियम, जोहोर मा हुने खेल मा प्रथम पुरस्कार मलेसियन रींगेट 15001 नेपालि रुपैया करिब साडे पाच लाख र दोस्रो पुरस्कार मलेसियन रींगेट 7501 नेपालि रुपैया करिब तिन लाख बराबर को धन रासि पुरस्कार तय हुदै गर्दा लामो समय देखि मलेसियामा रहेर समाजसेवा सङै पेसा ब्यबसाय गर्दै आउनु भएका लक्ष्मि फाउण्डेसन का आध्यक्ष मलेसिया लाइ प्रतिनिधित्व गर्दै भर्खरै गैरआवासीय नेपाली संघ का एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजक समेत बन्नु भएका नारायण अधिकारी ले द्वितिय पुरस्कार धन रासि आफुले दिने उत्घोस गरेको बताउनु भएको छ ।

आफ्नो कार्य क्षेत्र मा हुदै गरेको एति ठुलो खेल आयोजनामा आफु पनि कुनै न कुनै रुपले सहयोग गर्नुपर्छ भन्ने उदेस्य ले आफु पनि खेलाडि र खेल मा रुचि राख्ने भएको ले आफुले द्वितिय पुरस्कार रासि दिने उत्घोस गर्नु भएको बताउनु भयो।

बिगत मा सम्पन्न खेल आयोजाना हरुमा होस या श्रमिक का भैपरि आउने समस्या हरुमा एस्ता थुप्रै कार्यक्रम हरुमा  अधिकारी ले सहयोग पुर्याउदै आउनुभएको छ ।