पूर्वप्रधानमन्त्री डा. भट्टराई र पत्नी हिसिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

डा. भट्टराईले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । डा भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिनु भएको थियो ।  दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। 

आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै डा. भट्टराईले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको बताउनु भएको छ ।