विश्वका ५०० सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा प्रधानमन्त्री अनवर १३औं स्थानमा।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम सन् २०२७ को विश्वका ५०० सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूची (द मुस्लिम ५००) को १३औँ स्थानमा पर्न सफल हुनुभएको छ।

जोर्डनस्थित रोयल इस्लामिक स्ट्राटेजिक स्टडिज सेन्टर (RISSC) द्वारा प्रकाशित १८औँ वार्षिक संस्करणमा उहाँलाई यो प्रतिष्ठित स्थान प्रदान गरिएको हो। अघिल्लो वर्षको तुलनामा उहाँको स्थानमा भएको यो प्रगतिले अन्तर्राष्ट्रिय स्तरमा मलेसियाको बढ्दो प्रभावलाई समेत स्पष्ट पारेको छ।

उहाँको दूरदर्शी नेतृत्व, मलेसियामा भइरहेको डिजिटल तथा आर्थिक रूपान्तरण र ‘मदानी’ (MADANI) अवधारणामार्फत अघि सारिएका सुधारका कार्यक्रमहरूको कदर गर्दै यो सम्मान दिइएको हो।

साथै, विश्व राजनीति, प्यालेस्टाइनको मुद्दामा उहाँले लिनुभएको स्पष्ट अडान र क्षेत्रीय शान्ति तथा कूटनीतिमा पुर्‍याउनुभएको सक्रिय योगदानलाई पनि प्रतिवेदनमा विशेष प्राथमिकताका साथ उल्लेख गरिएको छ।