नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, खड्गी पराजित।

काठमाडौँ:= नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदमा उम्मेदवार गगनकुमार थापा निर्वाचित भएका छन्।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार थापा सभापति पदमा विजयी भएका हुन्। समितिले असोज २३, २०८३ मा सार्वजनिक गरेको परिणामअनुसार सभापति पदका उम्मेदवार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।

निर्वाचन समितिको विवरणअनुसार कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६ हजार ५९ मत सदर र ५४ मत बदर भएको उल्लेख छ। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम सम्पन्न निर्वाचन प्रक्रियापछि निर्वाचन समितिले थापालाई सभापति पदमा निर्वाचित भएको घोषणा गरेको हो।