थाकसभित्र पुनः विवाद/भातृसंस्था र विदेश शाखालाई पाखा लगाउदैँ,अधिकारबाट बन्चित गराउदै।

[ लेखक : संन्जय चौधरी थारु ]

थारु समुदायको छाता सङठनको रुपमा स्थापित थारु कल्याणकारीणी सभाको स्थापना बि.स. २००५ साल तिरै भएका हुन। थाकस नेपालकै पुरानो संस्थाहरु मध्यको सुचिमा रहेको छ । स्थापनाकाल देखि हाल सम्म थारु समुदाय र देशको लागि यश संस्थाले विभिन्न क्षेत्रमा योगदान दिएको छ । यश संस्थाले करिब २२ औ महाधिवेशन गरेको २ वर्ष पनि सकिएको छ । २२ औँ महाधिवेशनबाट थाकसको सभापतिमा धनिराम चौधरीले दोस्रो कार्यकाल गर्दै अब २३ औ महाधिवेशनको लागि तयारी गर्नु पर्ने समय पनि आइसकेको छ । थाकसबाट प्रेरित भएर भनौ या थाकसकै अनुयाय गरेर हाल थारु समुदायको नाममा लेखक , कलाकार , मजदुर , साँँन्स्कृतिक समूह , महिला समूह लगायत राष्ट्रिय स्तरको २ दर्जन र स्थानिय स्तरमा हजारौ क्लव , समूह , संस्थाहरु स्थापना भएको देख्न सकिन्छ । देश भित्रमा नभइ थारु संस्थाहरु प्रदेशमा पनि स्थापित छन । जसले थाकसले गरेका समाजिक , आर्थिक , सान्स्कृतिक ,राजनितिक गतिबिधीहरुलाई पछ्याउदै , थाकसलाई सहयोग समेत गरिरहेको छ। तसर्थ थाकस अहिले पनि थारु समुदायको सबभन्दा शक्तिशाली संस्थाको रुपमा स्थापित छ । जसको काठमाडौ उपत्यका , सुर्खेत , विदेश विभाग सहित तराइको सबै जिल्लामा , जिल्ला समिती देखी वडा समिती समेत रहेको छ।

थाकस भित्र भातृ संस्थाहरुको स्थापना :

कुनै पनि संस्था होस या राजनितिक दल , आफ्नो सक्रियता र सङ्गठनको शक्ति स्थापनको लागि भात्री संस्थाहरुको स्थापना गरेको हुन्छ । समयको माग अनुसार वडा देखि जिल्ला , क्षेत्र हुँदै केन्द्रिय रहेको थाकसले समुदायमा हरेक वर्ग समेटन र नेतृत्व जन्माउनको निम्ति विधानमा परिवर्तन गर्दै भातृ संगठन स्थापना निर्णय गर्यो । जसको फल स्वरुप पहिलो चरणमा थारु युवा सभा र थारु महिला सभाको स्थापना गर्यो भने दोस्रो चरणमा थारु विद्यार्थी सभा , थारु कानुन व्यवासायी सभा , थारु शिक्षक सभा लगायत सभाहरुको स्थापना गरेको छ । पछिल्लो चरणमा रोजगारि र अध्यनको लागि नेपालबाट युवाहरु पलायन हुन थालेपछी थाकसले विदेश विभाग गठन गर्ने देखि त्यहा रहेका थारु संस्थाहरुलाइ थाकसमा समावेश समेत गराइ अझ सङगठन थप्दै आफुलाइ सबल बनाउदै लगेको छ । भातृ संस्थाहरु मध्येमा थारु युवा सभा , विद्यार्थी सभा ,महिला सभा र विदेश विभागहरुले थाकसको नामामा सकृयता निकै बढाउन पुगेको छ ।

२२ औ महाधिवेशनले विधानमा भातृ संस्थाहरुको हकको व्यवस्था र चुनौती :

थारु कल्याणकारीणी सभाको २२ औ महाधिवेशनमा चौथो विधान संन्सोधन हुदा भातृ संस्थाहरुको स्थापनालाइ जोड दिदै प्रत्येक भातृ संस्थाहरुलाइ महाअधिवेसनमा २ जना प्रतिनिधि दिने अधिकार त दियो तर तिनिहरुलाइ नेतृत्व दिने सवालमा कडा अन्कुश लगाइ दियो । भातृ संस्था हरुलाइ महाधिवेशनमा नामको मात्र प्रतिनिधित्व गर्न प्रतिनिधि दिदै निर्वाचनमा उम्मेदवारी दिन पाउने छैन व्यवस्था गरिदिए । थाकसको नेतृत्व सम्हालन सक्ने हैसियत बोकेका यी भातृ संस्थाहरुले यश व्यव्स्थाबारे जानकार समेत थिएन जुन कुनै पनि समाजिक संगठन अथवा भातृसन्स्था रहेको राजनितिक संगठनमा नरहेको व्यवस्था हो । कतिपय संगठनहरुले भातृसङठनकोलाई मात्र हैन विभागलाइ यो भन्दा बढी अधिकार दिएको हुन्छ । हाल यश व्यवस्थाको कडा बिरोध हुँदै आएको छ ।

यश व्यवस्थाले भातृसङगठनको नेतृत्व गरिरहेको युवा , बिधार्थी , महिला र विदेश बिभागका शाखाहरुको मनोवल नै गिराएको अवस्था बुझन सकिन्छ । केन्द्रीय स्तरको भातृसङठनको स्थापना गर्ने तर अधिकार भन्ने जिल्ला समिती सरहको पनि नदिने व्यवस्थाले थाकसको नेतृत्व तहमा युवा , विद्यार्थी र महिलाले कसरी स्थान बनाउन सकिन्छ भनेर प्रश्न थाकस माथी तेर्सिएको छ । जबकि थाकसकै विधानमा केन्द्रिय प्रतिनिधिले विशिष्ट पद बाहेक अन्य पदमा उम्मेदवारी दिन पाउने व्यवस्था छ । हामी देशको नेतृत्वमा युवा पुगेनौ भनेर आलोचना गर्दा थारु समुदायकै छाता सङ्गठन थाकसमा युवा-विद्यार्थी प्रवेस गर्ने आधार बन्द गरिएको छ । राजनितिक आडमा २२ औ महाधिवेशनमा नै रातारात जिल्ला सदस्य हुँदै केन्द्रिय प्रतिनिधि बनेर केही पुर्व साँन्सद , अन्य संस्थाका पदाधिकारीहरु आएको पनि देखियो तर थाकसकै विधानमा जिल्लाबाट सर्वसहमत गराएर आएको प्रतिनिधि माथी अन्य जिल्ला/केन्द्र वा कुनै भातृसङ्गठनले सवाल उठाउन नपाउने व्यवस्थाकै कारण उनिहरु थाकसको नेतृत्व लिनको लागि अवसर पाउछ भने थाकसका भातृ संस्था र विदेश विभागको लागि केन्द्रिय समितिमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेर किन विभेद गरिदैछ ? अधिकार दिन सकिँदैन भने यी भात्री सङगठन र विदेश विभागको स्थापना गर्नुको औचित्य नै देखिदैन ।

समाधानका विकल्पहरु :

थाकसको विधान अनुसार कार्यकल सकेपछी १ वर्ष थप गर्न सकिन्छ । हाल आएर थाकसको २२ औ महाधिवेशनबाट धनिराम चौधरीको नेतृत्वमा रहेको समितिको २ वर्षको कार्यकाल सकिदै छ । यश नेतृत्वको सभापती धनिराम चौधरी स्वयम् थरुहट आन्दोलनको टिकापुर बिद्रोहको आरोपमा सरकारबाट मुदा लागेर हाल सम्म भुमिगत नै रहेर आफ्नो कार्यकाल बिताउनु भएको छ । यश नेतृत्वले थारु समुदायको पहिचान , हक अधिकार, समाजिक परिवर्तन , भाषा सान्स्कृतिक संरक्षण र विकास , आदिको लागि गरेको गतिविधिको मुल्यांकन एक् दिन हुने नै छ । २२ औ महाधिवेशनबाट सन्शोधित बिधानमा भातृ संस्थाहरुमा माथी लगाएको अन्कुश पनि स्थाइ रुपमा होइन । विधानलाई फेरि पनि सन्शोधन गरेर भातृसङ्गठनहरुको थप हक अधिकारको व्यवस्था गर्न सकिन्छ त्यसको लागि भातृसङ्गठन र विदेश विभागहरु एक भएर थाकस केन्द्र माथी दबाब सिर्जना गर्नु पर्ने देखिन्छ । थाकस केन्द्रियले पनि आफुले स्थापना गरेका आफ्ना भातृसङ्गठनहरुबाट सहि रुपमा थाकसको नेतृत्व गर्न सक्ने जनशक्तिलाई सदुपयोग गर्नको निम्ति विधानमा थप अधिकार दिन जरुरी छ । भातृसङ्गठनलाइ वडा, नगर , क्षेत्र , जिल्ला देखि केन्द्र सम्म समाहित हुनको लागि अनिवार्य प्रतिनिधीको व्यवस्था विधानमै हुन आवश्यक छ ।विधानमा भातृसङ्गठनहरु बिच केन्द्रिय समितिमा निर्वाचित गर्न सक्ने प्रवधान गरेर समस्याको समाधान गर्न सकिन्छ ।अर्को विकल्प भातृसङठन तथा विदेश शाखाहरुको सभापतिलाइ मनार्थ केन्द्रिय सद्स्य दिन सकिन्छ । यसबाहेक थाकसको लागि अर्को विकल्प मनोनित केन्द्रिय सदस्यमा सकृभातृसङ्ग्ठन तथा विदेश शाखालाइ प्राथमिकता दिइनुपर्छ । हाल थाकसमा भातृसङ्गठन , यिनिहरुको अधिकारको व्यवस्था बारे देखिएको विवादलाइ बाह्य थाकस बिरोधिहरुले उचाल्ने पछार्ने गर्न सक्छन । यसको लागि सहि तरिकाले थाकस केन्द्र , भातृसङ्गठन र विदेश विभागहरु बिच संम्वाद गरि समस्याको समाधान गर्न सकिन्छ । थाकसले पनि भातृसङ्गठन र विदेश विभागहरुबाट नेतृत्व दिनको लागि बाटो सहजिकरन गरिदिनुपर्छ । हैन भने थाकसले पनि यसको लागि ठूलो मूल्य चुकाउने स्थिति आउन सक्छ ।
( लेखक : थारु विद्यार्थी सभाको संस्थापक संयोजक हुन )