काठमाडौं । काठमाडौंमा धोबीखोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।
बुधबार साँझ कालोपुल क्षेत्रबाट दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरिरहेको छ ।
फाइल तस्वीर




















