साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै नेपाली दूतावास।

साउदी अरेबिया:= साउदी अरेबियाको अस्पतालमा उपचाररत नेपाली श्रमिक प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी कार्य सुरु गरेको छ।

बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या [email protected]mofa.gov.np मा इमेल गर्न पनि अनुरोध गरिएको छ।