एजेन्सी (मुम्बई):= बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्।
ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।
सारा र श्रद्धा बाहेक अन्य बलिउड कलाकारको नाम पनि मुछिएको बताइएको छ। रियाले दिइएको बयानको आधारमा ती सबैलाई पालैपालो सोधपुछको लागी बोलाइने ब्युरोको भनाईरहेको छ।



















