झन्झटिलो प्रक्रिया र विदेशी श्रमिक अभावले टप ग्लोभको नयाँ लगानी थाइल्यान्डतर्फ केन्द्रित।

SETIA ALAM 19 SEPTEMBER 2023. Suasana luar bangunan Menara Top Glove di Setia Alam. STR/GENES GULITAH (UTK JOAN)

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारको कडा श्रम नीति र विदेशी कामदार आयातमा देखिएको कोटा प्रणालीको झन्झटका कारण विश्वकै सबैभन्दा ठूलो रबर पञ्जा निर्माता कम्पनी टप ग्लोभ कर्पोरेसनले आफ्नो नयाँ लगानी थाइल्यान्डतर्फ केन्द्रित गर्ने रणनीति बनाएको छ।

मलेसियामा तीव्र रूपमा देखिएको श्रमिक अभावका कारण उत्पादन क्षमता विस्तारमा बाधा पुगेपछि कम्पनीले हाल थाइल्यान्डमा सञ्चालित आफ्ना दुईवटा ठूला कारखानालाई मुख्य आधार बनाएर सन् २०२७ को अन्त्यसम्ममा वार्षिक थप ६ अर्ब पिस पञ्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।

कम्पनीले प्रविधि र स्वचालन (Automation) मार्फत श्रमिक दक्षतामा उल्लेख्य सुधार गरे तापनि दीर्घकालीन बजार माग र व्यावसायिक सहजताका लागि थाइल्यान्डको अनुकूल वातावरण अहिले मुख्य रोजाइ बन्न पुगेको छ। यो रणनीतिक स्थानान्तरण र कोरोना महामारीपछिको तीव्र उतारचढावका बाबजुद बजार विश्लेषकहरूले टप ग्लोभको वित्तीय भविष्यलाई लिएर सकारात्मक प्रक्षेपण गरेका छन्।

आर्थिक वर्ष २०२६ को अन्तिम त्रैमासिकमा अनपेक्षित रूपमा बढेको नाफाको मार्जिन आगामी वर्षमा केही घटेर सामान्य लयमा आउने भए तापनि कम्पनीको कुल खुद नाफा भने FY26 को RM ३७७.३ मिलियनबाट बढेर FY27 मा RM ५२५.३ मिलियन पुग्ने अनुमान सीजीएस इन्टरनेसनल (CGSI) रिसर्चको प्रतिवेदनमा उल्लेख छ।

भू-राजनीतिक तनाव र ऊर्जा संकटका कारण विश्व बजारमा कोइला र ग्यासको मूल्य अस्थिर रहेकाले कम्पनीले अब हप्ता-हप्तामा पञ्जाको मूल्य तय गर्ने नयाँ मोडेल अपनाएको छ। यही वित्तीय स्थिरता र व्यावसायिक लचकताका कारण विश्लेषकहरूले यसको सेयरलाई सकारात्मक रेटिङ दिँदै प्रतिसेयर लक्षित मूल्य आरएम १.१४ कायम गरेका छन्।