सर्वसम्मान म्यूजिक प्रा. लि.द्धारा ए बाबा दशै गित सार्वजनिक

नेपालीहरुको महान चाँड दशै र तिहार नजिकिदै गर्दा सर्वसम्मान म्यूजिक प्रा लिले दशै सम्बन्धित ए बाबा गित सार्वजनिक गरेको छ । गरिबीको पिडाले बिदेशिएका नेपाली युवाहरुकाे पिडालाई मध्यनजर गर्दै तयार पारिएको दशै गित निकै हृदयविदारक गित रहेकाे छ ।

सर्वसम्मान म्यूजिक प्रा लिको प्रस्तुतिमा प्रदेशमा पसिना र रगतसँग पैसा साटिरहेका लाखौ लाख युवा तथा साहुको रिण तिर्न नसकेर मुग्लानमा रहेका सन्तानहरुले फर्किने थिए तर साहुको रिणले सताउदा अर्को साल आउछु भनि हृदयबिदारक दशै गित सार्वजिनक भएको छ ।

चर्चित गायक कृष्ण लामिछाने र धर्मराज न्यौपाने शिशिरले स्वरवद्ध गरेका छन् भने गितको लय गायक न्यौपानेकै रहेको छ ।

प्रकाश क्षेत्रीको शब्द सिर्जना रहेको गितको एरेञ्ज तथा ध्वनी मिश्रण कृष्ण लामिछानेले गरेका छन् भने यो गितको भिडियोलाई क्यामेरामा कैद बिरेन्द्र भट्टले गरेका हुन् ।

यो गितको म्यूजिक भिडियोको अभिनय प्रकाश क्षेत्री चर्चित कलाकार रामचन्द्र अधिकारी र हिमान वलीले गरेका छन् भने भिडियोको निर्देशन स्वयं क्षेत्रीले गरेका छन् भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।

मंगलम् स्टूडियोमा रेकर्ड गरिएको गितलाई सर्वसम्मान म्यूजिक प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

नेपालीहरुको सबैभन्दा ठुलो चाँड नजिकिएसँगै कोही घर आउछन त कोही बाध्यताले पराई ठाउँमै आफ्नो साथीसँगी र घरपरिवारलाई सम्झिदै चित्त बुझाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै गाउँघरमा आमा बुवाको हातबाट टिका थापेर आशिर्वाद लिने रहर हुदाहुदै समयमै घर आउन नसक्दाको पिडालाई ए बाबा दशैको गित मार्फत अभिव्यक्त गर्न खोजिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।