COFP द्वारा पेनाङमा आयोजित भलिबलखेलको उपाधि जनउद्धार भलिबल टिमले जित्यो।

[ तिलोचन गौतम ]

क्वालालम्पुर ( मलेसिया ):= कमिटी अफ फिलिपिनो इन पेनाङ् ( Community of filipino in penang (COFP) ) द्वारा मलेसियाको पेनाङमा आयोजित भलिबल प्रतियोगिता मा जनउद्धार भलिबल टिमले आयोजक फिलिपिन्सको ६ ओटा टिम लाई हराउदै उपाधी हात पारेको छ ।

सेप्टेम्बर ६ मा फिलिपिन्सको ४ समुहलाई पराजित गर्दै फाइनलमा पुगेको टिम ले आज 20 सेप्टेम्बर 2020 मा भएको फाइनल खेल मा अरु दुईवटा टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन ।

मलेसिया स्थापित जनउद्धार केन्द्र का विभिन्न सम्पर्क समितिका सदस्यहरु सम्मीलित टिमको टिम क्याप्टेन प्रीतम थापा रहेका थिए । खेलाडी हरुले निकै उत्कृष्ट खेल प्रदर्सन गरेको भन्दै खेलाडि हरुलाइ केन्द्रिय अध्यक्ष केशु थापा , सचिब शंकर देब आचार्य , बरिस्ठ उपाध्यक्ष शेरबहादुर श्रेष्ठ लगाएत केन्द्रिय प्रतिनिधि हरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । खेलाडीहरुको हौसलाको लागि सल्लाहकार थिर कटुवाल खेलमैदानमा प्रत्येक्ष उपस्थिति हुनुभएको थियो ।

मलेसियामा उद्धार अभियान लगाएत विविध सामाजिक कार्य गर्दै नेपाली समुदाय बिच लोकप्रिय रहेको जनउद्धार केन्द्र मलेसिया खेलकुद लगाएत अतिरिक्त क्रियाकलापमा पनि निकै अगाडि रहेको छ ।