जनता समाजवादी पार्टी नेपालको गाउँपालिका स्तरीय बैठक सम्पन्न।

[ राम अवतार चौधरी ]
कपिलवस्तु:= कपिलवस्तुले विजयनगर गाउँपालिका–३, जगदिशपुरमा जनता समाजवादी पार्टी नेेपालले गाउँपालिका स्तरिय बैठक सम्पन्न गरेको छ । पार्टी एकिकरण पछि पहिलो गाउँपालिका स्तरीय बैठक नगर कमिटिका अध्यक्ष शन्तराम तेलीको अध्यक्षतामा विहिबार सम्पन्न भएको हो।

समाजवादी पर्टी र राष्ट्रिय जनता पार्टीको एकिकरण पछि औपचारिक रुपमा पहिलो पटक गाउँपालिका स्तरिय बैठक बसेको छ । संयोजन पछि पार्टीलाई पालिका स्तरमा विस्तर गर्ने बैठकले निर्णय गरेको पूर्व समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राम निवास पुरीले जनाए । बैठकले केन्द्रको निर्देशन अनुसार पार्टिको विजयनगर गाउँपालिका स्तरीय एकिकरण तथा समायोजन गर्ने निर्णय गरेको छ । संयोजनाका लागि अर्को बैठकबाट मिति समय र स्थान निर्धारण गरिने पुरीले बताए।

बैठकलाई संबोधन गर्दै पूर्व समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पुरीले गाउँपालिकाले गरेका हरेक गतिविधीमा निगरानी गर्दै जनताको घर दैलो पुग्नु पर्ने जनाए । पार्टीलाई पहिलो स्थानमा ल्याउन अहिलेबाट नै कसरत गर्नु पर्ने जसका लागी जनतालाई सचेत गराउदै पार्टी विस्तार अभियानमा सबै लाग्नु पर्ने उनले बताए।

बैठकमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष युवा नेता राम निवास पुरी, पूर्व जिल्ला सदय बाल जी प्रसाद चौधरी, राम प्रकाश चौधरी, असुनीकुमर चाई, मुजम्मिल हुसेन खाँ, अब्दुल गनी खाँ, सबनम बेगम र तुलसीराम भर लगायतको सहभागिता रहेको थियो ।