[ राम अवतार चौधरी ]
कपिलवस्तु:= नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । प्रदेश न ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीले सो सामाग्री युवा संघलाई हस्तान्तरण गरेका हुन्।
जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीलाई जिल्लाको पश्चिमी क्षेत्रमा रहेर फन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्न जिम्मा दिएको बताईएको छ।
कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेको प्रदेश सभा सदस्य पन्थीले जनाए । कपिलवस्तुका सबै स्थानहरुमा अभियानको रुपमा हिँडेको भन्दै कोरोना नियन्त्रणको लागि नागरिक नै सचेत हुनुपर्नेमा सदस्य पन्थिले जोड दिएको बताए ।
सांसद पन्थीको सहयोगमा जिल्लाको पुवी क्षेत्रमा रहेका स्वास्थ्य सस्था तथा प्रहरी कार्यालयहरुमा सामाग्री बितरण गरिसेकेको युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपालमणि ज्ञावलीले जानकारी दिए।
शिवराज नगरपालिका र बिजयनगर गाउँपालिका क्षेत्रमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्ने युवा संघका जिल्ला सह(संयोजक कृष्ण कार्कीले बताए।
प्रदेश सभा सदस्य विष्णु पन्थी, युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपाल ज्ञावली, सह संयोजक कृष्ण कार्की, नेकपा शिवराजका सचिव जगत पौडेल, नेकपा बिजयनगरका ईन्चार्ज अर्जुन सापकोटा, टुकलाल गैरे, नेकपा युवा नेता सरोज पौडल, विद्यार्थी नेता शशिल खत्री कविराज अधिकारी लगायतका सक्रिय युवा नेताहरूको सहभागिता रहेको थियो।




















